काठमाडौं- मंगलबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा तीन सय रुपैयाँ घटेको हो। अघिल्लो दिन तोलाको १ लाख २६ हजार ७ सय रुपैयाँ रहेको सुन आज १ लाख २६ हजार ४ सयमा झरेको हो।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको छ। अघिल्लो दिन तोलाको १ हजार ५१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ५०५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।




















प्रतिक्रिया