Logo

सुरक्षा/अपराध

तास खेलिरहेको अवस्थामा नौ जना पक्राउ



रंगेली नगरपालिका-७ नयाँ टोल बस्ने ३५ वर्षीय लक्षु महतोको च्याउ उत्पादन गर्ने घरभित्र तास खेलिरहेको अवस्थामा महतो लगायत ९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद ५५ हजार ९ सय रुपैयाँ, १ हजार ८ सय ५० भारतीय रुपैयाँ र तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : कार्तिक १९, २०७७ बुधबार  ५ : ०४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।