Logo

सुरक्षा/अपराध

अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेका सामान बरामद



मेचीनगर नगरपालिका-७ स्थित सडकबाट भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेका टप्स कपडा, कुर्थी, कुर्थी सेट, तन्ना, ढाकाको थान प्रिन्ट कपडा, थान कपडा, टेम्पोको क्लोज तार, विभिन्न मोटर पार्टस गरी करिब ७ लाख २१ हजार ७ सय रुपैयाँ मूल्य बराबरको सामानहरू मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित मानिसले उक्त सामान छोडेर भागी फरार भएपछि प्रहरीले उक्त सामानहरू बरामद गरेको हो । फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ । उक्त सामानहरू आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा पठाइएको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार १७:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।