Logo

अर्थ

कांग्रेस सहकारी विभागमा १० जना मनोनित



काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी विभागमा १० सदस्य मनोनयन गरेका छन्।

देउवाले देवेन्द्रराज कँडेल प्रमुख रहेको सहकारी विभागमा १० जना सदस्य थपेका हुन्।

विभागको सदस्य मनोनयन हुनेमा भानुभक्त ढकाल, चन्द्रप्रसाद ढकाल, डिल्लीराम तिवारी, राजेन्द्र पौडेल, गोमा नेपाल, पदम दाहाल, विश्वप्रकाश पौडेल, शम्भु घिमिरे, नवराज न्यौपाने र कृष्ण खनाल रहेका छन्। गत मंसिर १ मा देउवाले कँडेललाई विभाग प्रमुख बनाएका थिए।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार १२:०९   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।