Logo

खेलकुद

गुजरातविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, दीपेन्द्र र करण बेन्चमा



काठमाडौं । एसएमएस फ्रेन्डसिप कप अन्तर्गत लिगको चौथो खेलमा नेपालले टस हारेको छ । गुजरातका कप्तानले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

नेपालले आज टोलीमा दुई परिवर्तन समेत गरेको छ । लगातार दुई खेल खेलेका दीपेन्द्र सिंह ऐरी र करन केसीले आज आराम पाएका छन् भने टोलीमा प्रतिश जिसी र विवेक यादवले उनीहरूको स्थान लिएका छन् ।

वापिस्थित साइ मेघपन स्पोर्ट्सलाइफ (एसएमएस) मैदानमा हुनेछ ।

नेपाली टोली:

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दिप जोरा, विवेक यादव, अनिल शाह, गुलशन झा, प्रतिश जिसी, सोमपाल कामी, अभिनाश बोहरा

बेन्च: ललित राजवंशी, करन केसी, दीपेन्द्र सिंह ऐरी, आकाश चन्द

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार १४:४२   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।