काठमाडौं । अमेरिकाको प्रसिद्ध पत्रिका फोर्ब्सले विश्वका अर्बपतिहरूको नयाँ सूची सार्वजनिक गरेको छ । जसमा विश्वमा अर्बपतिको संख्या २ हजार ७८१ छ । जुन गत वर्षको भन्दा १४१ जना बढी हो ।
फोर्ब्सका अनुसार विश्वका डलर अर्बपतिहरूको कूल सम्पत्ति १४.२ ट्रिलियन डलर पुगेको छ ।
यस वर्ष पनि सर्वाधिक अर्बपति भएको देशमा अमेरिका पहिलो स्थानमा कायम रहँदा दोस्रो स्थानमा चीन छ । अर्बपतिको संख्यामा भारत तेस्रो स्थानमा छ । जहाँ अहिले २ सय जना अर्बपति छन् ।
यसैबीच विश्वका अर्बपतिको सूचीमा यस वर्ष नेपालका उद्यमी विनोद चौधरी १७ सय ६४औँ स्थानमा परेका छन् ।
यी हुन् विश्वका शीर्ष २० अर्बपति–
१. बर्ना आर्नो, २. एलन मस्क, ३. जेफ बेजोस,४. मार्क जुकरबर्ग,५. ल्यारी इलिसन, ६. वारेन बफेट:,७. बिल गेट्स,८. स्टिभ बाल्मर,९. मुकेश अम्बानी, १०. ल्यारी पेज,११. सर्गेइ ब्रिन,१२. माइकल ब्लुम्बर्ग, १३. अमान्सियो ओर्टेगा, १४. कार्लोस स्लिम हेलु, १५. फ्रान्कोइस बेटेनकोर्ट मेयेर्स, १६. माइकल डेल,१७. गौतम अडानी, १८. जिम वाल्टन, १९. रब वाल्टन र २०.जेन्सेन हुआंगको विश्वका डलर अर्बपतिको सूची सार्वजनिक भएको छ ।




















प्रतिक्रिया