काठमाडौं । मिस्टर एण्ड मिस नेशनल २०२४ का अन्तिम ३० जना प्रतियोगी घोषणा भएको छ । बुधबार कमलादीस्थित रोयल सिङ्गी होटलमा आयोजित स्यास सेरेमोनी सेमी फाइनलिस्ट सार्वजनिक गरिएको छ ।
देशका विभिन्न स्थानहरुमा सञ्चालन गरिएको अडिसनमार्फत यी प्रतिस्पर्धी छानिएको सनुर्वी इन्टरनेशनलका सञ्चालक तथा मिस्टर एण्ड नेशनलका राष्ट्रिय आयोजक डा. सन्तोष उपाध्ययले बताए ।
स्यास सेरेमोनीमा सबैजना प्रतिस्पर्धीलाई प्रतियोगी अंक समेत प्रदान गरियो । स्यास ग्रहण गर्दै प्रतियोगीहरुले आ-आफनो परिचयबारे बताएका थिए । जसमध्ये धेरैको आकाक्षां वातावरण, समाज र स्वास्थमा योगदान पुर्याएका रहेछन् । यसपटक मिस्टर एण्ट मिस नेशनल २०२४ मा प्रतियोगीहरुमा विद्यार्थी, खेलाडी मोडल, चिकित्सक लगायतका पेशाका युवायुवतीहरु रहेका छन् ।
छनोट गरिएका प्रतियोगीहरुलाई ३ हप्ताको ट्रेनिङ प्रदान गरिनेछ भने सम्पूर्ण सेलेक्टि भएका प्रतियाेगीहरुको पोर्टफोलियो शूट समेत गराइनेछ । विजेताहरुलाई २.५ लाख बराबरको गिफट ह्याम्परका साथै मीडिया एक्स्पोसर र नेपालको प्रतिनिधित्व गर्नका निम्ति पोल्याण्ड , अल्बानिया , इजिप्ट र थाइल्याण्ड पठाइने आयोजक डा. सन्तोष उपाध्ययले जानकारी दिए ।
प्रतियोगितामा प्रतियोगिहरुले ट्यांलेन्ट राउण्ड, , टप मोडल राउण्ड , स्वीम राउण्ड जस्ता विविध विधामा आफनो प्रतिभा प्रदर्शन गर्ने छन् भने प्रतियोगिताको टप मोडल राउण्ड स्वीम वेयर राउण्ड कुश्माको हार्नेस जिप्लाइन्मा आयोजना रहने आयोजक बताउँछन् । प्रतियोगितालाई अन्तरराष्ट्रियस्तरका निर्णयकहरुको उपस्थितिमा मूल्यांकन गर्नेछन् भने प्रतियोगिताको प्रत्यक्ष प्रशारण राष्ट्रिय टेलिभिजन इमेज च्यानलबाट गरिने उनले जानकारी दिए ।





















प्रतिक्रिया