Logo

अर्थ

सेयर बजारमा सामान्य अंककाे गिरावट



काठमाडौं । सेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार पनि सामान्य अंकले घटेको छ। नेप्से परिसूचक २.७३ अंकले घटेर २००४.०५ को विन्दुमा बन्द भएको हो।

आज नेप्सेमा सूचीकृतमध्ये ३०२ कम्पनीका ६९ लाख ६३ हजार ३५९ कित्ता सेयर ३ अर्ब ३ करोड ७२ लाख रुपैयाँ बढीमा किनबेच भएका छन् । सामान्य घटेको बजारमा १०६ कम्पनीको सेयरभाउ बढेको छ भने १२८ कम्पनीको घटेको छ। आज ११ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार १५:४४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।