काठमाडौं । सानिमा बैंकले ग्राहकलाई विशेष छुट दिने गरी नववर्ष उत्सव योजनामा दराजसँग सहकार्य गरेको छ। योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकले बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्।
ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ५०० सम्म तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम ७५० सम्मको छुट प्राप्त गर्न सक्नेछन्। योजना अवधिभर सहभागी हुने ग्राहक पहिलोलाई प्राथमिकताका आधारमा छुट प्रदान गरिनेछ।
छुटका लागि ग्राहकले दराजबाट बैंक भौचर संकलन गर्नुपर्नेछ। यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।चैत २२ देखि वैशाख ६ सम्म यो योजना लागू हुनेछ।
हाल बैंकले १३३ शाखा, १२४ एटिएममार्फत बैंकिङ सेवा दिँदै आएको छ।




















प्रतिक्रिया