Logo

खेलकुद

नेपालले गुजरातलाई दियो १७७ रनको लक्ष्य



काठामाडौं । टस जितेर पहिले ब्याटिङको निणर्य लिएको नेपालले निर्धारित २० ओभरमा ४विकेट गुमाएर एक सय ७६ रन बनाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले केवल ४७ बलमा ७४ रन बनाए ।

ओपनर ब्याट्सम्यान आसिफ शेखले पनि टोलीको खातामा ३४ बलमा ३४ रन थपे । अर्का ओपनर कुशल भुर्तेलले २१ बलमा १९ रन बनाए । दीपेन्द्रसिंह ऐरी तीन बलमा सात रन बनाउँदै पेभेलियन फर्किए ।

यसैगरी कुशल मल्लले पनि १३ बलमा अविजित ३१ बलमा रनको योगदान गरे । सन्दीप जोराले तीन बलमा अविजित सात रन बटुले । भारतीय टोलीका बलर शेन पटेल, तेजस पटेल र जला युवराजसिंहले एक–एक विकेट लिए ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आईतवार १५:०५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।