Logo

मनोरञ्जन

कमेडी च्याम्पियनको सुटिङ आजवाट सुरू हुदैँ



काठमाडौं । कमेडी च्याम्पियनको सुटिङ आजवाट पुनः सुरू हुने भएको छ ।

दुइ हप्ता अघि साँगामा कमेडी च्याम्पियनको टोली दुर्घटनामा परे पछि स्थगित भएको सुटिङ आजवाट सुरू हुन लागेको हो । जसको जानकारी सो च्याम्पिनयका प्रमुख बिशाल भण्डारीले जानकारी दिएका छन् ।

‘के तपाईँ कमेडी च्याम्पियन स्टूडियोमा लाइव हेर्न चाहानुहुन्छ ? यदि हो भने हाम्रो शूट आज चैत २७ गते मङगलबार हुदैछ,’ उनले लेखेका छन, ‘स्टूडियो मुलपानीस्थित मुलपानी फुटसल नजिकैरहेको छ । यहाँहरू ११ बजेसम्म आइपुग्नुपर्ने हुन्छ । नोटः कार्यक्रम निशुल्क हेर्न पाइने छ ।’

केही समय अघि मापसे गरेर सवारी चलाउँदा भण्डारीसहितको टोली साँगा, नजिक भयानक दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलवार १०:०८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।