Logo

बैंकिंग

एभरेस्ट बैंकले १० दशमलव ५३ प्रतिशत लाभांश दिने



एभरेस्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । बैंकले लगानीकर्तालाई १०.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बैंकले ५.५३ प्रतिशत नगद (करसमेत) र ५ प्रतिशत बोनस गरी जम्मा १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

बैंकको बुधबार साँझ बसेको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो । बैंकले गत वर्ष २५ प्रतिशत लाभांश दिएको थियो ।

प्रकाशित : २० कार्तिक २०७७, बिहिबार