Logo

अर्थ

मनकामना स्मार्टको साधारणसभा आज, सेयरधनीहरुको हात खाली



काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आज वार्षिक साधारणसभा बस्दैछ । सभा होटल पौवा सिद्धार्थनगद–६, रुपन्देहीमा दिउँसो १ बजेदेखि हुनेछ ।

यस लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने जनाएको छ । कम्पनीले चैत १६ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, चैत १५ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।

यो संस्थालाई समता घरेलु लघुवित्तले प्राप्ति गर्ने तयारीमा छ । गत भदौमा यी दुवै संस्थाबीच प्राप्ति सम्बन्धी समझदारी भएको हो ।

 

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार १०:१९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।