काठमाडौं । नेपाली ख्रीष्टियन सांगितिक क्षेत्रमा होसन्ना मण्डलीका पास्टर राजु सुन्दासले निर्माण गरेको ‘प्रशंसा’ नामक नयाँ गीत काठमाडौंमा विमोचन गरिएको छ । बुधबार काठमाडौंको होसन्ना चर्चमा आयोजित एक कार्यक्रमबीच कर्णप्रिय स्वरकी धनी इसाई संगितका अग्रज गायिक सलोमी तिमोथी र होसन्ना सेवकाई नेपालका पास्टर सुन्दासले संयुक्त रूपमा गीतको भिडियो सार्वजनिक गरेका हुन् ।
नेपाली चर्चमा प्रभुको महिमा, प्रशंसा र आराधना गर्नका लागि बनेको ‘प्रशंसा’ गीत नेपाली बाइवलको भजनसंग्रह १०३ः १–५ बाट लिइएको हो ।
गायिका ममता गुरुङको सुमधुर स्वर रहेको गीत प्रशंसामा शब्द तथा संगीत लेभेन्डर प्रि स्कुलका प्रिन्सिपल लिडिया लामाको रहेको छ भने उदयराज पौडेलले गीतलाई एरेन्ज गरेका हुन् ।
होसन्ना मण्डलीको वार्षिक पद पनि रहेको सो गितमा बाइबलको पदले भनेजस्तै, हामी उहाँको दायाँप्रति सधै प्रशंसनीय हुनुपर्दछ भन्ने विशेष सन्देश दिन खोजिएको छ ।
प्रसाद फिल्मको लै लै गीतका शब्दकार समेत रहेका गणेश शाहीले निर्देशन गरेको म्युजिक भिडियोमा होसन्ना चर्च सेवकाईका हन्ना वादी, एस्तर वादीको अभिनय रहेको छ । दिनेश पराजुली र विशाल थापाले छायांकन गरेको गीतको भिडियोलाई रंगविद तथा सम्पादक दिन्सन शाहले सम्पादन गरेका हुन् । यो गीत https://www.youtube.com/@dmmnepalofficial DMM Nepal Official युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।





















प्रतिक्रिया