काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले इङल्याण्डको ‘सी’ टिमविरुद्ध खेल्ने प्रारम्भिक टिमको घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले इङल्याण्ड ‘सी’ टिम विरुद्धको मैत्रीपूर्ण खेलका लागि २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् ।
नेपालले वैशाख २४ मा हुने इङल्याण्ड ‘सी’विरुद्ध मैत्रीपूर्ण खेल खेल्दै छ । प्रारम्भिक चरणको घोषित टोलीमा गोलरक्षकका रुपमा अभिषेक बराल, विशाल सुनार, किरण चेम्जोङ र सन्तोष महत रहेका छन् ।
यसैगरी रक्षापंक्तिमा अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी र योगेश गुरुङ रहेका छन् । मध्यपंक्तिमा भरत खवास, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, उत्सव राई, फत्तेमान घले र रोहन कार्की रहेका छन् ।
यसैगरी प्रारम्भिक चरणको टोलीमा अग्रपंक्तिको खेलाडीका रुपमा अञ्जन बिष्ट, दीनेश हेन्जन, गिलेस्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ, सञ्जिव बिष्ट र राजेश परियारलाई समेटिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।




















प्रतिक्रिया