काठमाडौं । एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले साउदी अरबको सामना गर्दैछ । वर्षाको प्रभावले केही ढिलो खेल सुरु भएकाे छ ।
पिच भिजेको कारण ढिलो सुरु हुन लागेको खेल ८ ओभरको हुनेछ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिलो बलिङ गर्ने निर्णय लिएका छन् ।
नेपालको प्लेइङ ११:
आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, अभिनाश बोहोरा, प्रतिश जिसी
बेन्च: अनिल शाह, विवेक यादव, सोमपाल कामी




















प्रतिक्रिया