Logo

युएईमा महिलाहरुको क्रिकेट प्रतियोगिता वुमन्स टी–२० च्यालेञ्ज सुरु



हिजो रातिदेखि युएईमा महिलाहरुको क्रिकेट प्रतियोगिता वुमन्स टी–२० च्यालेञ्जसुरु भएको छ ।  

गतराति भएको पहिलो खेलमा मिथली राज कप्तान भएको टोली भेलोसिटीले जित हात परेको छ ।  भेलोसिटीले हर्मी कौरको कप्तानीमा रहेको सुपर नोभालाई ५ विकेटले पराजित गरेको हो । शारजहाँमा टस हारेर पहिले ब्याटिङ गरेको सुपरनोभाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२६ रन बनाएको थियो । सुपरनोभाका लागि चमारी अट्टुपट्टुले सर्वाधिक ४४ रन बनाइन् । यस्तै कप्तान कौरले ३१ रन जोडिकी थिइन् ।

 

सुपरनोभाले दिएको १२७ रनको लक्ष्य भेलोसिटीले एक बल बाँकी छँदा ५ विकेट गुमाएर पूरा गरेको थियो । । भेलोसिटीलाई जित दिलाउन सुने लुसले आक्रामक ब्याटिङ गर्दै २१ बलमा अविजित ३७ रन बनाइन् । उनले ४ चौका र १ छक्का प्रहार गरेकी थिइन् । टप अर्डर सस्तैमा आउट हुँदा भेलोसिटीको मिडल अर्डरले राम्रो ब्याटिङ गरेको थियो । भेलोसिटीका लागि विकेटकिपर सुस्मा बर्माले ३४ र भेदा कृष्णमुर्तीले २९ रन योगदान गरिन् । सुपरनोभाका लागि अयोबोङ्गा खाकाले २ विकेट लिइन् ।

सुपरनोभालाई सस्तैमा समेट्नका लागि भेलोसिटीका तर्फबाट एकता विष्टले ३ तथा जहनारा आलम र लेइघ कास्परेकले २–२ विकेट लिइन् ।

राउण्ड रोबिनको आधारमा खेलाइएको प्रतियोगितामा तीन टिमले सहभागी जनाएका छन् ।  प्रत्येक टोलीले एक अर्कासँग खेल्ने छन् र शीर्षमा रहेको  दुई टोलीले फाइनलमा प्रतिश्पर्धा गर्नेछन् । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्त्यतिर आउँदै गर्दा महिलाहरूको क्रिकेट प्रतियोगिता खेलाइएको हो ।

 

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार ११:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।