Logo

बैंकिङ

बैंक अफ काठमाण्डूको साधारणसभा मंसिर १५ गते 



बैंक अफ काठमाण्डूको साधारणसभा मंसिर १५ गते हुने भएको छ । बैंकले मंसिरमा हुने साधारणसभाको लागि बुक क्लोजको मिति समेत सार्वजनिक गरिसकेको छ । बैंकले कात्तिक २८ गतेदेखि मंसिर १५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । 

यसअघि नै बैंकले लगानीकर्तालाई बोनस १३ र नगद ३ सहित १६ प्रतिशत लाभांश दिने पस्ताव गरिसकेको छ ।

कात्तिक २७ गतेसम्म कायम रहेका लगानीकर्ताले मात्रै उक्त लाभांश पाउनुका साथै साधारणसभामा सहभागी हुनेछन् ।

प्रकाशित मिति : कार्तिक २०, २०७७ बिहीबार  २ : १५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।