चितवन । चितवनको भरतपुर महानगरपालिका–२० स्थित दद्रेनी पुलमा स्कुल बसमा आगजनी गरिएको छ । विद्यार्थी लिन गएको बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको स्मल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।
३ वटा मोटरसाइकलमा आएका ६ जनाको समूहले बसमा पेट्रोल छर्किएर आगो लगाएका हुन् । उनीहरु सबै फरार छन् । बस जलेर पूर्ण रुपमा क्षति भएको छ ।
भरतपुर नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको र थप अनुसन्धानका लागि प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।





















प्रतिक्रिया