Logo

कोशी प्रदेश

कोशी प्रदेश सांसद निर्मला लिम्बुले रोजिन् अशोक राई नेतृत्वको जसपा



विराटनगर । कोशी प्रदेश सभामा जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित सांसद निर्मला लिम्बुले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी रोजेकी छन् ।

जसपा नेपाल विभाजित भएपछि उक्त दलबाट निर्वाचित जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले समय दिएको थियो । मंगलबार लिम्बुले विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा गई आफू अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा रहने भनी सनाखत गरेकी हुन् ।

निर्मला जसपा नेपालबाट समानुपातिक सांसद हुन् । योसँगै जसपा नेपाल कोशी प्रदेशमा निल भएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलवार १४:१९   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।