Logo

अर्थ

प्रतिव्यक्ति आय बढ्ने



काठमाडौँ । नेपालीको प्रतिव्यक्ति आय बढ्ने अनुमान गरिएको छ ।

सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८१ मा  चालु आर्थिक वर्षमा प्रति व्यक्ति आय १,८४३ अमेरिकी डलर पुग्ने अनुमान गरिएको हो ।

आर्थिक सर्वेक्षणमा भनिएको छ- ‘प्रति व्यक्ति आय बढ्दै गएको छ । गत आर्थिक वर्षमा प्रति व्यक्ति राष्ट्रिय आय १,४०५ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्षमा १.४५६ अमेरिकी डलर पुग्ने अनुमान छ । गत आर्थिक वर्षमा प्रति व्यक्ति कुल गार्हस्थ्य उत्पादन १.३८९ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्ष १,४३४ अमेरिकी डलर पुग्ने अनुमान छ । साथै, गत आर्थिक वर्षमा व्यक्ति कुल खर्चयोग्य आय १,७५५ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्षमा १,८४३ अमेरिकी डलर पुग्ने अनुमान छ ।’

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आईतवार १८:५७   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।