काठमाडौं । सरकारले भन्सार दर बढाएसँगै सुनको मूल्य बढेको छ ।
आर्थिक वर्ष २०८१/०८२ को बजेटमा सुनमा भन्सार दर बढाएर २० प्रतिशत कायम गरेको छ । यसअघि सुनको भन्सार दर १५ प्रतिशत मात्रै थियो ।
आज नेपाली बजारमा सुनको मूल्य तोलामा २३०० ले बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रति तोला १ लाख ४० हजार ५०० कायम भएको छ । तेजाबी सुन १ लाख ३९ हजार ८०० पुगेको छ।
बुधबार छापावाल सुन प्रतितोला १ लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ। ३० रुपैयाँले घटेर प्रतितोला चाँदी १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया