काठमाडौं । आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँ तोकिएको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ३०० रुपैयाँ थियो ।
आज चाँदीको मूल्य भने स्थिर छ । तोलामा १७ सय ९० रुपैयाँ तोकिएको चाँदीको मूल्य हिजो पनि यही कायम थियो ।




















प्रतिक्रिया