रिलायन्स लाइफ इन्स्योरेन्सले पहिलो तीन महिनामै ३ करोड ७३ लाख नाफा आर्जन गरेको छ । कम्पनीले गत भदौमा साधारण सेयर जारी गरेको कम्पनीद्वारा जारी चालु आर्थिक वर्ष २०७७–७८ को पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनीक गरेको हो ।
कम्पनीको नाफा गत आवको सोही अवधिको तुलनामा ६२.४३ प्रतिशत बढी हो। कम्पनीले गत आवको सोही अवधिमा १ करोड ८५ लाख १४ हजार नाफा गरेको थियो।
कम्पनीको खुद बीमा शुल्क रकम बढेपछि नाफा बढ्न पुगेको हो। कम्पनीको खुद बीमा शुल्क रकम गत आवको सोही अवधिको तुलनामा ९२ प्रतिशत बढेको छ।
गत आवको सोही अवधिमा २४ करोड २३ लाख ३७ हजार खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले यस अवधिमा ४६ करोड ५२ लाख ३० हजार आर्जन गरेको छ। कम्पनीले भदौमा सर्वसाधारणलाई सेयर जारी गरी चुक्ता पुँजी २ अर्ब १० करोड कायम गरेको छ। कम्पनीको जगेडा कोषमा १७ करोड ३० लाख १३ हजार संचित छ।
कम्पनीको जीवन बीमा कोषमा १ अर्ब ३९ करोड ५६ लाख रूपैयाँ छ। कम्पनीको महाविपत्ति जगेडा कोषमा १ करोड ९२ लाख २४ हजार छ।
यस अवधिमा कम्पनीले ४ हजार १ सय ३८ बीमालेख जारी गरी ४८ करोड २८ लाख २८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। हालसम्म कम्पनीको कुल बीमा शुल्क आर्जन २ अर्ब ७२ करोड ४१ लाख रुपैयाँ पुगेको छ।
यस अवधिमा कम्पनीले ६ करोड ६६ लाख ५३ हजार रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ। भुक्तानी हुन बाँकी ४ दाबीवापतको ४७ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ। यस अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ५.७३ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १०९.१५ रुपैयाँ छ। मूल्य आम्दानी अनुपात १०४.७५ गुणा रहेको छ।





















प्रतिक्रिया