काठमाडौं । कामना सेवा विकास बैंकले अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले ३५ करोड रुपैयाँबराबरको अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको छ ।
आर्थिक वर्ष वार्षिक साधारणसभाबाट अनुमोदन तथा नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३५ लाख कित्ता अग्राधिकार सेयर जारी गर्नेछ ।
यो अग्राधिकार शेसेयरको लाभांश दर ९ प्रतिशत रहने बैंकले जनाएको छ। संस्थागत अग्राधिकार सेयर लगानीकर्ताले मात्र खरिद गर्न पाउनेछन् ।
हालै राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै पुँजी कोषको दबाबमा रहेका बैंकहरुलाई अग्राधिकार सेयर जारी गर्न पाउने व्यवस्था गरेको थियो ।




















प्रतिक्रिया