Logo

अर्थ

तोलामा १६ सयले बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । बिहीबार सुनको मूल्य वृद्धि भएको छ । बिहीबार छापावाल सुनको मूल्य १ हजार ६०० रुपैयाँले बढेर तोलामा १ लाख ४४ हजार ३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

बुधबार सुनको मूल्य तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँ थियो । यसैगरी तेजाबी सुन तोलामा १ लाख ४३ हजार ६०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै बिहीबार चाँदीको मूल्य तोलामा १ हजार ८६५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार ११:२३   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।