Logo

अर्थ

हुन्डाईको कोना अब शून्य प्रतिशत ब्याजदरमा



काठमाडौं । नेपालको लागि हुन्डाईगाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय गाडी कोना को खरिदमा शून्य प्रतिशत ब्याजदर योजना सार्वजनिक गरेको छ । दिगोपन र पर्यावरण-मैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता थप मजबुत गर्न हुन्डाईले कोनामा ‘जेरो इमिसन, जेरो इन्ट्रेस्ट रेट’ नामको योजना ग्राहकमाझ सार्वजनिक गरेको हो ।

यस योजना अन्तर्गत इच्छुक ग्राहकहरूले शून्य प्रतिशत ब्याजदरमा पाँच वर्ष को लागि ५० प्रतिशत डाउनपेमेन्ट गरी हुन्डाई कोना खरिद गर्न सक्नेछन्।

हुन्डाई कोना २ वटा भेरियन्टमा उपलब्ध छ । कोना जीएल को मूल्य रु. ५९,९६,००० र जीएलएस भेरियन्टको मूल्य रु. ६४,९६,००० रहेको छ ।

हुन्डाई कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर ब्याट्री रहेको छ । कोना इलेक्ट्रीकलाई एक पटकको सिङ्गल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने छ । हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, डे टाइम रनिङ लाइट तथा ठुलो साइजको टेललाइट पाउन सकिन्छ । यसलाई १०० किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्नेछ ।

हुन्डाई कोनाले नेपालमा विद्युतीय गाडी प्रतिको सोच, क्षमता, यसको उपयोगितालाई नयाँ परिभाषा मात्र दिएको छैन, यसले स्थापना गरेको विद्युतीय गाडी प्रतिको विश्वास, आफ्नो सर्वाधिक रि-सेल भ्यालुबाट दोस्रो बजारमा समेत आफ्नो पहिचान मजबुत बनाएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १६ शोरुम तथा १९ सर्भिस सेन्टरहरूमार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ । साथै, ईभी चार्जिङ गर्नका लागि ४४ भन्दा बढी स्थानहरूमा चार्जिङ प्वाइन्ट स्थापना गरी सहज सेवा दिँदै आएको छ ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार १३:२६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।