काठमाडौं । आज साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले बढेको छ । आज सेयर १५.४६ अंकले बढेर २११९ को विन्दुमा कायम भएको छ । आज १४८ कम्पनीको सेयर मूल्य बढेको छ भने ९३ कम्पनीको घटेको छ ।
आज ३१३ कम्पनीको २ करोड २१ लाख ६७ हजार ६७८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४८ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल फाइनान्सको १७ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । समाज लघुवित्तका लगानीकर्ताले ९.२३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै मैलुङ खोला जलविद्युतका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.३७ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया