Logo

अर्थ

२१.२७ अंकले बढ्याे सेयर बजार, ६ अर्बमाथिको कारोबार



काठमाडाैं । साताको पहिलो दिन सेयर बजारमा उत्साह छाएको छ । नेप्से परिसूचक २१.२७ अंकले बढेर २१४०.९७ विन्दुमा पुगेको हो ।

आज १ करोड ४० लाख १४ हजार ६ सय २२ कित्ता सेयर बिक्री हुँदा कारोबार रकम ६ अर्ब २९ लाख ३१ हजार रुपैयाँकाे काराेबार भएकाे छ ।

आज ८२ कम्पनीको मूल्य घटे पनि १५० वटाको सेयर मूल्य बढेको छ । १५ वटाको भने अघिल्लो कारोबार मूल्यमै कारोबार भएको छ ।

आज मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले १० प्रतिशत प्रतिसेयर नोक्सानी व्यहोरे पनि अन्य लगानीकर्ताले ६.६२ प्रतिशतसम्म गुमाएका छन् ।

कारोबारतर्फ सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चरको २१ करोड ७१ लाख, हिमालयन रिइन्स्योरेन्सको १५ करोड ५० लाख, सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको १३ करोड ८७ लाख, गुडविल फाइनान्सको ११ करोड ५९ लाखको कारोबार भएको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आईतवार १५:२६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।