Logo

अर्थ

प्रभु बैंकका ग्राहकले टी३ थकालीमा १० प्रतिशत छुट पाउने



काठमाडौं । प्रभु बैंक र टी३ थकाली एन्ड मल्टी फुड ग्यालरीबीच छुटसम्बन्धी सम्झौता भएको छ । प्रभु बैंकका कर्मचारी र ग्राहकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिक रहेको टी३ ले आफ्ना सेवामा छुट दिने सम्झौता गरिएको हो ।

एक समारोहकाबीच सम्पन्न सम्झौतामा टी३ थकाली ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकत विवेक तुलाचन र प्रभु बैंकका तर्फबाट बाग्मति प्रदेश प्रमुख अधिकृत बिकास शमा गुरागाईले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रेष्टुरेन्टमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यो रेस्टुरेन्टले २४ घण्टे सेवा सञ्चालनमा ल्याएको छ । त्यहाँ जाने जो कोहीले नान, तन्दुरी, सेकुवाजस्ता परिकार २४ घण्टा नै पाउने बताइएको छ ।

‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३०७ शाखा कार्यालय, २८६ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आईतवार १६:५६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।