Logo

अर्थ

मनकामना स्मार्ट लघुवित्तको सेयर कारोबार रोक्का



काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको छ ।

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई समता घरेलु लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्ने कार्य सम्पन्न भई असार २४ गतेदेखि दुई कम्पनीबीच एकीकृत कारोबार हुने भएकाले उक्त कम्पनीको कारोबार रोक्का गरेको हो ।

यसैबीच नेप्सेले दुबै कम्पनीको कारोबार समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु हुने भएकाले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९ (३) बमोजिम मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार असार २४ गतेदेखि लागू हुने गरी रोक्का गरेको जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आईतवार १७:२१   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।