Logo

अर्थ

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनकाे मूल्य ताेलामा ४०० रुपैयाँले घटेकाे सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ अघिल्लो दिनको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ घट्दै १ लाख ४५ हजार रुपैयाँ कायम भएको हो ।

अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने सो मूल्य हालसम्मकै उच्च हो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएकाे छ । चाँदीको मूल्य तोलामा १ हजार ८९० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २५ असार २०८१, सोमबार १०:४९   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।