Logo

अर्थ

सिटिजन्स बैंकद्वारा सबै प्रदेशमा लर्निङ सेन्टरको स्थापना



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो सबै प्रदेशको कार्यालयस्थित आफ्नै भवनमा लर्निङ्ग सेन्टर संचालनमा ल्याएको छ ।

कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको जनकपुर, बाग्मती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा ‎एकसाथ बैंकले सबै लर्निङ्ग सेन्टरहरु संचालनमा ल्याएको हो ।

कर्मचारीहरुलाई तालिम प्रदान गर्न, प्रादेशिक स्तरका कार्यक्रमहरु संचालन गर्न, विभिन्न किसिमका बैठक तथा गोष्ठीहरु संचालन गर्न बैंकले लर्निङ्ग सेन्टरको स्थापना गरेको बैंकले जनाएको छ ।

यो लर्निङ्ग सेन्टरबाट कोशीमा ५७, मधेशमा ७७, बाग्मतीमा ८०, गण्डकीमा ३३, लुम्बिनीमा ५६, कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ गरि एकैपल्ट ३६५ जनाले कार्यक्रममा सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।

आज बैंकको मुख्य कार्यालयमा आयोजित एक समारोहका बीच बैंकका संचालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले भर्चुअल रुपमा लर्निङ्ग सेन्टरहरुको उद्घाटन गरे ।

प्रकाशित मिति : असार २६, २०८१ मंगलबार  १ : ०१ बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।