Logo

सुरक्षा/अपराध

श्रोत नखुलेको नगद ४० लाख रुपैयाँ सहित एक जना पक्राउ



चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट श्रोत नखुलेको नगद ४० लाख रुपैयाँ सहित नवलपरासी(पश्चिम) पाल्हीनन्दन गाउँपालिका–२ बस्ने ४० वर्षीय व्यास गुप्तालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
 
बुटवलबाट काठमाडौं आउँदै गरेको लु.१ ख ८६५२ नम्बरको यात्रुबाहक बस महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्दा बसमा सवार गुप्तालाई झोला र कम्मरपेटीमा लुकाई ल्याएको १ हजार दरका ४ हजार थानमा रहेको उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : कार्तिक २०, २०७७ शुक्रबार  १२ : ५२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।