नवलपरासी(पूर्व), कावासोती नगरपालिका–३ मानेचोकस्थित ४६ वर्षीय लालबहादुर पुनको घरमा जुवातास खेलिरहेका अवस्थामा पुन लगायत ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा नगद ३८ हजार १ सय ४५ रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(१ त्रिवेणी चोक डेरा गरी बस्ने विनोद उदासको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय दिनेश केसी लगायत ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४८ हजार ९ सय ९० रुपैयाँ, २० थान कौडा, तास र ७ ग्रामको श्रृखण्ड २ टुक्रा सहित फेला पारी पक्राउ गरेको हो ।
प्रतिक्रिया