मिथिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ५७ लाख ६३ हजार रूपैयाँ नाफा आर्जन गरेको छ ।
यो गत आवको सोही अवधिको तुलनामा २४२.५२ प्रतिशत धेरै हो । गत आवको सोही अवधिमा संस्थाले ४६ लाख २ हजार रूपैयाँ नाफा कमाएको थियो ।
गत आवको पहिलो त्रैमासमा १ करोड ८८ लाख ५ हजार रूपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको संस्थाले चालु आवको सोही अवधिमा २ करोड ५६ लाख रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यस्तै सञ्चालन नाफा ७१ लाख ८४ हजार रूपैयाँबाट बढेर २ करोड १५ लाख ८२ हजार रूपैयाँ आर्जन गरेको छ ।
१२ करोड १७ लाख ४० हजार चुक्ता पुँजी भएको संस्थाको जगेडा कोषमा ८ करोड ४५ लाख ६७ हजार रूपैयाँ रहेको छ ।
तीन महिनामा ४१ करोड १६ लाख ६३ हजार रुपैँया निक्षेप संकलन गरेको संस्थाले १ अर्ब ४५ करोड ५८ लाख ९८ हजार रूपैयाँ कर्जा लगानी गरेको छ ।
संस्थाको खराब कर्जा २.५२ प्रतिशतबाट घटेर १.३८ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी ५१ रुपैँया ७९ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १६९ रूपैयाँ ४७ पैसा रहेको छ ।
प्रतिक्रिया