Logo

बैंकिंग

अनलाईन मार्फत कोरोना परीक्षण शूल्क भुक्तानी गर्दा ७ प्रतिशत छुट



विध म्यानेजमेन्ट प्रालीले विभिन्न अनलाईन प्रणालीबाट कोरोना परीक्षण शुल्क तिर्दा  छुटको दिने व्यवस्था गरेको छ । विधले अनलाईनबाट परीक्षणको मूल्य भुक्तानी गर्दा ७ प्रतिशत छुट दिने भएको छ । 
ल्याबले सरकारबाट मान्यता लिएर दैनिक कोरोना परीक्षण गराउँदै आएको छ । 

सरकारले तोकेको अधिकतम मूल्यभन्दा कम मूल्यमा परीक्षण गराउँदै आएको यस ल्याबमा कोरोना परीक्षण शुल्क ४ हजार तोकिएको छ । यसअघि नै अनलाईन भुक्तानिमार्फत २ सय छुट दिइएको थियो । आइएमी पे, एन आइसी एसिया बैंक, सानिमा बैंक, सिभिल बैंक, माच्छापुच्छ्रे बैंक लगायतका बैंकहरुमार्फत अनलाईनबाटै भुक्तानि गर्दा ७ प्रतिशत छुटको व्यवस्था मिलाइएको विधले जनाएको छ ।  

पैसाको कारोबारबाट समेत कोरोना भाइरस फैलन सक्ने जोखिम रहेकाले अनलाइन भुक्तानी प्रणाली अपनाएको बिध ल्याबका सञ्चालक विके भण्डारीले बताए ।

ल्याबले दैनिक ४ हजार भन्दबढी कोभिड परीक्षण गर्न सक्छ । १३ साउनदेखि सरकारबाट मान्यता लिएर संचालनमा आएको विधले छिटो र छरितो रुपमा परीक्षण गराउँदै आएको छ । ल्याब ललितपुरको कुपण्डोलमा छ । 

प्रकाशित : २५ भाद्र २०७७, बिहिबार