काठमाडौं । गायक शिव परियार र गायिका समीक्षा अधिकारीको नयाँ नेपाली गीत ‘ढोकेबाज’ सार्वजनिक भएको छ । युवराज मगरको आधिकारिक युट्युब च्यानलबाट उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो ।

रविन लामिछानेको शब्द रहेको गीतमा युवराज मगरको संगीत रहेको छ । रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा आशमा विश्वकर्मा र ओबी रायमाझीकाे अभिनय रहेकाे छ ।

गीतलाई एचबिएन किस्मतले एरेन्ज गरेका हुन् ।
उक्त भिडियोमा बन्दे प्रसादले सम्पादन गरेका हुन् । भिडियोमा उमेश थापा मगरकाे सहायक सम्पादक र राजेन्द्र मोक्तानले रंग भरेका छन् ।





















प्रतिक्रिया