Logo

शिक्षा

मैले स्नातकोत्तर गरेकी छु, तर मन्त्रीका लागि योग्य भइनँ : सुशिला थिङ



काठमाडाैं । प्रतिनिधिसभा सदस्य सुशिला थिङले संविधानअनुसार ३३ महिला मन्त्री हुनुपर्नेमा त्यो व्यवस्था लागू नभएको भन्दै संविधान कहिले लागू गर्ने हो भनेर प्रश्न गरेकी छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले संविधान अनुसार ३३ प्रतिशत महिला मन्त्री हुनुपर्ने व्यवस्था कहिलेदेखि लागू हुने हो भनेर प्रश्न गरेकी हुन् ।

‘कहिल्यै पनि ३३ प्रतिशत महिला क्याबिनेटमा देख्न नपाइने भो सायद पुरुषहरू नै प्रमुखमा भएर होला महिलाहरू मन्त्रीमा सिफारिस नै हुँदैनन्’, उनले भनिन्, ‘मेरो उदाहरण प्रतिनिधि पात्र मात्र हो । म कानुनमा स्नातक गरेकी छु, सोसोलोजीमा स्नातकोत्तर गरेकी छु तर म कहिल्यै मन्त्री बन्न योग्य भइनँ ।’

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलवार १४:४९   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।