Logo

मनोरञ्जन

निर्देशक चौधरीद्धारा चलचित्र ‘कर्मा’ निर्माणको घोषणा



काठमाडौं । निर्देशक सौरभ चौधरीले चलचित्र ‘कर्मा’ निर्माणको घोषणा गरेका छन् । निर्देशकसँगै निर्माणपक्षले आज चलचित्र ‘कर्मा’ निर्माणको घोषणा गरेको हो ।

सौरभले निर्देशन गर्ने चलचित्रको कथा पनि उनी स्वयंले लेखेका छन् । एक्सन ड्रामा एडभेन्चर जनरामा चलचित्र निर्माण हुने बताइएको छ ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने चलचित्रमा बसन्त लम्सालको लगानी रहनेछ ।

चलचित्रको कथावस्तु र कलाकारबारे निर्माणपक्षले केही जानकारी दिएको छैन । कलाकार अनुबन्ध गर्ने क्रम जारी रहेकाले पछि जानकारी गराउने बताइएको छ ।

सौरभले अघिल्लो वर्ष चलचित्र ‘अगस्त्य : च्याप्टर–१’ निर्देशन गरेका थिए । उक्त चलचित्रमा उनले मेकिङमा गरेको निहिनेतको तारिफ भएको थियो ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार १७:००   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।