काठमाडौं । बंगलादेशमा भइरहेको राजनीतिक अस्थिरता र त्यसका आधारमा भइरहेका अमानवीय गतिविधिहरूको विरोधमा विश्व हिन्दु महासंघको केन्द्रीय समितिले एक ज्ञापनपत्र बुझाएको छ ।
महासंघले जारी विज्ञप्तिमा बंगलादेशमा भइरहेको अराजनीतिक र अमानवीय क्रियाकलापले सनातन हिन्दु धर्मावलम्बीको समाजलाई गम्भीर असर पुर्याएको प्रति राजदूताबासमार्फत बंगलादेशका सम्बन्धित सबै निकायहरूसँग जोडदार माग गर्दै यो ज्ञापनपत्र बुझाएकाे हाे ।
महासंघका महासचिव शम्भुहरि बास्तोलाद्धारा जारी विज्ञप्तिमा भनिएको छ- ‘अहिले बंगलादेशमा भइरहेको राजनीतिक उतारचढाव र त्यसका आडमा भइरहेका अराजनीतिक, अमानवीय गतिविधिहरुले यस विश्व हिन्दु महासंघ केन्द्रीय समिति लगायत सम्पुर्ण शान्तिप्रेमी सनातन हिन्दु धर्मावलम्बीको समाज अत्यन्त मर्माहत भएको ध्यानाकर्षण गराउँदै, बंगलादेशमा भइरहेका त्यस्ता अमानवीय गतिविधिहरु तुरुन्त बन्द गर्न गराउन राजदूताबास मार्फत बंगलादेशका सम्बन्धित सबै निकायहरूसँग जोडदार माग गर्दै यो ज्ञापनपत्र बुझाएका छौं ।’
राजदूतमार्फत बंगलादेशमा यी गतिविधिहरू बन्द र धार्मिक अल्पसंख्यकहरूको सुरक्षा सुनिश्चित गर्ने वातावरण तयार हुने महासंघले विश्वास लिएकाे छ ।
साथै, शान्तिको प्रत्याभूति र शान्ति पुनःस्थापनाको आह्वान गरिएको छ ।
















प्रतिक्रिया