काठमाडाैं । प्रोफेसनल एजुकेशनल कन्सलटेन्सी (पीईसी)को ब्राण्ड एम्बेसडरमा नेपाली महिला क्रिकेट टीमकी कप्तान इन्दु बर्मा नियुक्त भएकी छन् ।
कप्तान इन्दु बर्मासँग रणनीतिक साझेदारी घोषणा गर्न पाउँदा खुसी भएको प्रोफेसनल एजुकेशनल कन्सलटेन्सीले जनाएको छ ।
युवा नेपाली विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक सपनाहरू हासिल गर्न सशक्त बनाउन यो सहकार्य महत्वपूर्ण कोसेढुङ्गा साबित हुने कम्पनीले जनाएको छ ।
इन्दु बर्माको अटल समर्पण, नेतृत्व, र खेलकुदको संसारमा असाधारण उपलब्धिहरूलाई मध्यनजर गर्दै उनलाई एम्बेसडरमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।






















प्रतिक्रिया