काठमाडौं । उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाएका छन् ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा मूल घर भई काठमाडौं उपत्यका बस्नेले पनि आज गौरा एवं दुर्वाष्टमी पर्व मनाएका हुन् ।
आज काठमाडौंको टुँडिखेलमा सुदूरपश्चिमवासीले गौरा एवं दुर्वाष्टमी पर्व मनाएकाे छन् । टुँडिखेलमा आज देउडा गीत र नृत्य गरी सुदूरपश्चिमवासीले मनोरञ्जन गरेका छन् ।
यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाइने गरिन्छ ।
भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । यसैले यस वर्षको गौरालाई उज्याली भनिन्छ । पहिलो पटक व्रत बस्नेले भने भाद्र शुक्ल अष्टमी अर्थात उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधान छ ।
सन्तान राम्रा र गुण सम्पन्न हुन्, आयु तथा स्वास्थ्य राम्रो होस् भन्ने कामनाले पनि गौरा एवं दुर्वाष्टमी पर्व मनाइन्छ । अष्टमीका दिनमा पूरै ज्येष्ठा र मूल नक्षत्र परेमा भने दुवोको पूजा गर्न नहुने शास्त्रीय मान्यता रहेको पनि धर्मशास्त्रविद् नेपालले बताए । अष्टमी तिथिभर ज्येष्ठा र मूल नक्षत्र नपरेमा भने दुवोको पूजा गर्नहुन्छ भन्ने शास्त्रीय मान्यता छ ।
तस्बिरहरु :
प्रतिक्रिया