Logo

धर्म / संस्कृति

देउडा प्रतिष्ठान बेंग्लोरको दोस्रो वार्षिकोत्सव सम्पन्न



दिल्ली । देउडा प्रतिष्ठान भारत शाखा बेंग्लोरको दोस्रो वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाइएको छ।

कार्यक्रममा भारतको कर्णाटक राज्यभित्र रहेका दर्जनौं देउडा कलाकारको उपस्थिति रहेको थियो। समारोहमा विभिन्न कलाकारले एकल गायन, नृत्य, देउडा, दोहोरीलगायत प्रस्तुति राखेका थिए।

कार्यक्रममा संस्थाका गतिविधि प्रस्तुत गर्नुका साथै आगामी नयाँ कार्ययोजनाबारे चर्चा गरिएको संस्थाका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र साउँदले बताए।

करन बिकको अध्यक्षतामा कार्यक्रमका प्रमुख अतिथि समाजसेवी जेबी चन्द रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथि भरत विष्ट, राजेश रावल, भूमिराज पुजारालगायतले धारणा राखेका थिए। कार्यक्रमको सञ्चालन प्रथम उपाध्यक्ष सुदर्शन थापाले गरेका थिए भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष वीरेन्द्र साउँदले राखेका थिए।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलवार १५:३२   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।