Logo

धर्म / संस्कृति

तीजमा अनावश्यक तडकभडक नगर्न काठमाडौँ प्रशासनको आग्रह



काठमाडौं । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले तीज मनाउने क्रममा अनावश्यक तडकभडक सहितका खर्चिला कार्यकमहरु बढ्दै गएको भन्दै सचेत गराएको छ ।

प्रशासनले बिहीबार सूचना जारी गर्दै सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको स्मरण पनि गराएको छ ।

‘कोही कसैले अनावश्यक तडकभडक र खर्चिलो हुने गरी तीजका कार्यक्रमहरूको आयोजना गरे/ गराएमा त्यस्ता गतिविधिहरूको निगरानी गरी कानुन बमोजिम कारबाही हुने ब्यहोरा समेत यसै सूचनाद्वारा सबैमा जानकारी गराइएको छ’, काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले जारी गरेको सूचनामा भनिएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार १४:२२   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।