Logo

प्रमुख समाचार

विश्वविद्यालयको व्यवस्थापकीय कार्यमा सरकारले हस्तक्षेप गरेको छैन : शिक्षामन्त्री



काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप नभएको दाबी गरेकी छन् ।

संसदमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री भट्टराईले प्रधानमन्त्रीबाट कुलपतिका हैसियतले निर्देशन दिनेबाहेक अन्य कुनै पनि हस्तक्षेप नभएको बताइन् ।

‘मैले पनि प्रधानमन्त्रीलाई हस्तक्षेप गर्न गुहारेको छैन’, कानुन बमोजिम कुलपति र सहकुलपतिको हैसियतले आवश्यक निर्देशन दिने काम संयुक्त रुपमा गर्ने गरेको भन्दै उनले भनिन्, ‘विश्वविद्यालयको व्यवस्थापकीय कार्यमा सरकारले हस्तक्षेप गरेको छैन । गर्ने पनि छैन ।’

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार १४:४६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।