काठमाडाैं । नेपाल राष्ट्र बैंकले यो वर्षको बडादशैंमा नयाँ नोट नछाप्ने निर्णय गरेको छ । यो वर्षको दशैं, तिहार तथा छठ पर्वका लागि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाबाट माैज्दातमा रहेका नाेटमात्र वितरण गर्ने छ ।
अब दशैं आउन एक महिना मात्रै बाँकी छ । यो वर्ष असोज २६ गते दशैंको टीकाको साइत छ । राष्ट्र बैंकले भने यो वर्ष नयाँ नोट नछाप्ने तर मौज्दातमा रहेका सुकिला नोट मात्रै साट्ने निर्णय गरेको छ ।
राष्ट्र बैंकका उपप्रवक्ता तथा सूचना अधिकारी डा डिल्लीराम पोखरेलले दशैं तिहार लक्षित नयाँ नोट नछाप्ने भन्दै खर्च व्यवस्थापन गर्नका लागि सुकिला नोट मात्र वितरण गरिने बताएका छन् ।
केन्द्रीय बैंकले नोट व्यवस्थापन, छपाईका साथै ओसारपसारलगायतका शीर्षकमा वर्षेनी १ अर्ब रुपैयाँ बढीको आर्थिक खर्च र ठूलो मात्रामा जनशक्तिको आवश्यकता पर्न थालेपछि खर्च कटौती गर्ने योजना बनाएको हो । तर मौजदात रहेका यसअघिकै पर्याप्त मात्रामा रहेका सुकिला नोटको परिचालन गर्ने उद्धेष्य रहेको केन्द्रीय बैंकले बताएको छ ।
प्रतिक्रिया