Logo

अर्थ

सेयर बजारमा सामान्य वृद्धि, नेप्से २८३० अंकमा



काठमाडौं । मंगलबार पनि सेयर बजारको वृद्धिमा निरन्तरता देखिएको छ । नेप्से परिसूचक आज ६.९४ अंक बढेर २८३० अंकमा कायम भएको छ ।

आज १३ अर्ब ५७ करोडको काराेबार भएकाे छ । कुल १०६ कम्पनीको मूल्य बढ्दा १३३ को घट्यो भने ५ को स्थिर रहेकाे छ ।

आज १२ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । एनएलजी इन्स्योरेन्स, सिन्धु विकास बैंक, मातृभूमि लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, मानुषी लघुवित्त, विन्ध्यबासिनी हाइड्रोपावर, इस्नर्ट हाइड्रोपावर, सप्तकोशी विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, आत्मनिर्भर लघुवित्त, उपकार लघुवित्तको मूल्य १० प्रतिशत बढेकाे छ ।

आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको ३४ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । गुडविल फाइनान्सको २९ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सानिमा रिलायन्स लाइफको २८ करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलवार १५:२८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।