Logo

पत्रपत्रिका

सर्वोच्चले १२ वर्षदेखि फैसला किन रोकियो ?



काठमाडौं । माओवादी नेता अग्नि सापकोटाविरुद्धको ज्यानमारा मुद्दामा सर्वोच्च अदालतले १२ वर्षदेखि फैसला दिन सकेको छैन ।

सर्वोच्चमा ज्यानमारा मुद्दा भए पनि माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संसदको सभामुखसमेत चलाइसकेका छन् । सर्वोच्चले फैसलाको मिति निरन्तर सार्दे गएको छ । सर्वोच्च सकसमा देखिन्छ ।

काभ्रेका अर्जुन लामाको हत्याकाण्डमा सापकोटामाथि उजुरी परेको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मी रहेको संवैधानिक इजलासमा उक्त रिटमाथि सुनुवाई भइसकेको गोरखा एक्सप्रेसमा उल्लेख छ ।

२०६९ मंसिरमा अर्जुन लामाकी श्रीमती पूर्णिमाया लामाले आफ्नो पतिको हत्यामा माओवादी नेताहरू अग्नि सापकोटा, सूर्यमान दोङ, यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानविरुद्ध उजुरी गरेकी थिइन् ।

माओवादीको एक समूहले २०६२ वैशाख १६ गते काभ्रेको दाप्चास्थित श्रीकृष्ण माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको भेलाबाट उठाएर लामालाई बेपत्ता पारेको आरोप छ ।

सुनवाई नै नहुने, सुनवाई हुने, निर्णय नसुनाउने गर्दा अदालतहरुको साखमा धक्का लाग्नेगरेको छ ।

प्रकाशित मिति : भाद्र १९, २०८१ बुधबार  ७ : ०० बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।