काठमाडाैं । कुमारी बैंक लिमिटेडले नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै नयाँ अफर सार्वजनिक गरेकाे छ ।
बैंकले आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुनेगरी खोलिएका महिला खातावालालाई लक्षित गरी क्यासब्याक योजना सार्वजनिक गरेकाे हो।
बैंकले विदेशबाट रेमिट्यान्स प्राप्त हुनेगरी खोलिएका महिला लाभग्राहीहरुका खाताहरुबाट डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत रकम भुक्तानी गर्दा तीजको शुभकामनास्वरुप १ सय रूपैयाँ क्यासब्याक प्राप्त हुनेछ ।
प्रत्येक दिन २५ सेवाग्राहीले १ सय रूपैयाँको क्यासब्याक प्राप्त गर्ने बैंकले जनाएकाे छ । आजदेखि सुरु भएको यो योजना भदौ २६ गतेसम्म लागु हुने बैंकले जनाएको छ ।
यस योजनाबाट सेवाग्राहीहरुको विद्युतीय भुक्तानी प्रयोगमा टेवा पुग्ने विश्वास बैंकको छ ।
कुमारी बैंकले आफ्ना देशभर रहेका ३ सय २ शाखा सञ्जाल, ३ सय १८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाइमार्फत ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ ।
प्रतिक्रिया